बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेशनल माइक्रो फाइनान्स लघुवित्तले ८० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

शुक्रबार, ०७ जेठ २०७८, १६ : २९
शुक्रबार, ०७ जेठ २०७८

काठमाडौं । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । 

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ जेठ १६ गते देखि मिति २०७८ जेठ ३० गते सम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोल पत्र मार्फत आवेदन पेश गर्न सकिने पनि लघुवित्तले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप