फिल्म ‘डमरुको डण्डिवियो’ निशुल्क हेर्न मिल्ने
काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने, मेनुका प्रधान अभिनित फिल्म ‘डमरुको डण्डिवियो’ सबैले फ्रिमा हेर्न पाउने भएका छन् । निषेधाज्ञामा घरमा रहेका दर्शकलाई समय बिताउन सजिलो होस् भनेर फिल्म सिनेमा घर एपमा निशुल्क उपलब्ध गराइएको हो ।
स्व.निर्देशक छेतेन गुरुङ्ग निर्देशित फिल्म केही वर्ष अगाडि प्रदर्शित फिल्म हो । फिल्मलाई सार्वजनिक प्रदर्शनमा भने दर्शकको साथ मिलेको थियो । ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पछिल्ला दिनमा नेपालीलाई झनै धेरै त्रसित बनाएको छ । हाम्रो लागि यो समय निकै नै कठिन र चुनौतीपूर्ण छ । घरमा बस्दा समय कटाउन गाह्रो हुन्छ । त्यो समय मनोरञ्जन पूर्ण र यादगार बनोस् भनेर यो फिल्म निशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएका छौँ’ अभिनेता लामिछानेले बताए ।
सिनेमा घर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगायतमा उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको चपेटामा परेको च्यासल रङ्गशालामा कहिले जाला ध्यान ? (तस्बिर)
-
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
-
हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री
-
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक
-
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
-
शिल्पा शेट्टी-राज कुन्द्राको घरमा ईडीको छापा, पोर्नोग्राफीसँग सम्बन्धित मुद्दा