रुसमा करिब ५० लाख संक्रमित पुगे

एजेन्सी । रुसमा कोरोना भाइरसका करिब ५० लाख जना संक्रमित पुगेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेका बताइएको छ ।
रुसमा गएको २४ घन्टामा ९ हजार २३२ जना संक्रमित पुगेका बताइएको । गएको २४ घन्टामा देखिएको यो संख्या पछिल्ला केही हप्तायताकै सबैभन्दा धेरै हो । यहाँ गएको २४ घन्टायता ३९६ जना संक्रमितको ज्यान गएको बताइएको छ । पछिल्ला केही हप्ता यता यहाँ कोभिड १९ का संक्रमितहरुको संख्या निरन्तर बढ्दो देखिएको छ ।
रुसमा सबैभन्दा बढी यहाँको मस्को सहरमा संक्रमित भएका छन् । यो क्षेत्रमा शुरुदेखि नै कोरोनाका संक्रमितहरु बढेका हुन् । यहाँ रुसले नै उत्पादन गरेको कोरोना भाइरसका विरुद्धको खोप पनि दिइएको छ । तर खोप दिइ नै रहेको भए पनि यहाँ संक्रमितहरु पनि बढिरहेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो
-
सेन्साइ ब्राण्डको खरिदमा बाइक जित्ने अवसर