शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्ल्याक फंगस’ काे शीघ्र पहिचानका लागि बिरामी, कुरुवा र डाक्टरलाई यस्तो सल्लाह

शुक्रबार, ०७ जेठ २०७८, १४ : ४८
शुक्रबार, ०७ जेठ २०७८

कोभिड वार्डमा म्यूको माइकोसिस अर्थात् ब्ल्याक फंगसलाई छिट्टै पहिचान गर्न र रोकथामका लागि अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) दिल्लीको आरपी सेन्टर फर अप्थेल्मिक स्टडीजले गत बुधबार एउटा गाइडलाइन जारी गरेको छ ।

यो गाइडलाइनमा कोभिड वार्डमा जोखिममा भएका बिरामीको पहिचान गरेर उनीहरुको ब्ल्याक फंगसको सुरुवाती परीक्षण गर्न भनिएको छ । गाइडलाइनमा कोरोना बिरामीको परीक्षण गर्नुका साथै उनीहरुको देखभाल गर्नेहरुको पनि ब्ल्याक फंगसको लक्षणमा निगरानी राख्न सल्लाह दिइएको छ ।

डाक्टरका अनुसार म्यूको माइकोसिसको मामिला कोरोनाका ती बिरामीमा देखिएको छ जसलाई स्टेरोइड दिइएको थियो । विशेषगरी ती व्यक्तिहरुमा जो मधुमेह र क्यान्सरद्वारा पीडित छन् । डाक्टरका अनुसार मधुमेह र ब्ल्याक फंगसको संक्रमणबीच निकै बलियो सम्बन्ध छ ।

एम्सले बिरामी र उनीहरुको हेरविचार गर्नेहरुलाई कस्तो सल्लाह दिएको छ, त्यसबारे जानकारी लिऔंः

कोरोनाका कुन बिरामीलाई ब्ल्याक फंगसको सबैभन्दा बढी खतरा ?

यस्ता बिरामी जसमा अनियन्त्रित मधुमेह वा डायबिटिक किटोएसिडोसिस (जब मधुमेहका कारण शरीरमा भारी मात्रामा किटोन्स नामको ब्लड एसिड बन्छ) छ ।

यस्ता बिरामी जसलाई हाई डोज वा लामो समय स्टोरोइड्स वा टोसिलिजुमाब इन्जेक्सन दिइएको छ ।

जसलाई इम्युनोसप्रेसेन्ट्स अर्थात् यस्ता औषधी दिइँदैछ जसले रोग प्रतिरोधी क्षमता कम गर्छ ।

क्यान्सरद्वारा पीडित

कोरोनाबाट गम्भीर रुपमा बिरामी

यस्ता बिरामी जसलाई अक्सिजन वा भेन्टिलेटर सपोर्टमा राखिएको छ ।

कोरोना बिरामीको हेरविचार गर्नेहरुले यी लक्षणमा ध्यान दिनुहोस्ः

नाकबाट रगत बग्नु, असामान्य कालो श्राव हुनु ।

नाक बन्द हुनु ।

टाउको वा आँखा दुख्ने

आँखा वरिपरि सुन्निने र दुईदुई वटा चिज देख्ने। आँखा रातो हुने, आँखा बन्द गर्न र खोल्न समस्या हुने, आँखा ठूलो हुने ।

अनुहार सुन्निने वा झमझम गर्ने, चपाउन र मुख खोल्न कठिनाई हुने ।

कोरोनाका बिरामीले नियमित आफैंले पनि परीक्षण गर्नेः

दिउँसो आफ्नो अनुहार निकै राम्रोसँग नियाल्ने ।

नाक, गाला, आँखा वरिपरि छाला कालो वा कडा त भएको छैन भनेर हेर्ने ।

नाक, गाला, आँखा वरिपरिका छालालाई छुँदा दुख्छ कि दुख्दैन, त्यो हेर्ने ।

टर्च बालेर मुख वा नाकभित्र सुन्निएको छ वा कालो भएको छ कि भनेर हेर्ने ।

केही लक्षण देखिए बिरामीले के गर्ने, के नगर्ने ?

ब्ल्याक फंगसको लक्षण देखिँदा तुरुन्त नाक, कान घाँटीको डाक्टर वा नेत्ररोग विशेषज्ञको सल्लाह लिने ।

डाक्टरसँग सल्लाह नगरी एन्टिबायोटिक वा एन्टी फंगल औगाधीको पनि सेवन नगर्ने ।

आफैंले औषधीको सेवन नगर्ने, विशेषगरी स्टेरोइड्स ।

एम्सले आँखाका डाक्टरलाई जोखिमा भएका सबै बिरामीको परीक्षण गर्न भन्योः

एम्सले आँखाका डाक्टरलाई जोखिममा भएका बिरामीको ब्ल्याक फंगसका लागि परीक्षण गर्न भनेको छ ।

साधारण परीक्षणपश्चात् बिरामीलाई डिस्चार्ज हुने बेलासम्म हरेक हप्ता यस्तो परीक्षण गरिनेछ ।

डाक्टरलाई बिरामी डिस्चार्ज भएपछि पनि हरेक दुई हप्तामा तीनपटक फलोअप परीक्षण गर्न निर्देशन दिएको छ ।

कोरोना बिरामीमा ब्ल्याक फंगसको तीनमध्ये दुईवटक केस भारतमा भेटियोः

७१ प्रतिशत ब्ल्याक फंगसको मामिला भारतमा मात्रै भेटिएको छ ।

तीमध्ये ८३ प्रतिशत बिरामी पुरुष भेटिए जसको उमेर ४६ देखि ६१ वर्षका थिए । यस्तै ९४ प्रतिशत बिरामीलाई पहिले नै मधुमेह थियो भने ६७ प्रतिशत बिरामीलाई अनियन्त्रित मधुमेह । साथै, ९ प्रतिशतमा मधुमेहको सुरुवात देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप