मैले प्रधानमन्त्रीबाट ‘ह्याण्ड्स अप’ गरिसकेँ : प्रधानमन्त्री
शुक्रबार, ०७ जेठ २०७८, १४ : ०७
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिएको स्पष्ट गरेका छन् । संविधानमा राजीनामा दिनैपर्छ भन्ने अवस्था नरहेकाले आफूले राजीनामा नदिएको उनको भनाइ छ ।
अर्को प्रधानमन्त्रीले शपथ गरेको बखत आफू स्वतः पदमुक्त हुने शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले जिकिर गरे । ओलीले आफूले पदबाट ह्याण्ड्स अप गरिसकेको पनि बताए । उनले भने, ‘अर्को प्रधानमन्त्री बन्न बाटो खुलिसकेको छ । किनभने मैले नै ह्याण्ड्स अप गरेर खोलेको छु नि । यदि मलाई सरकार चलाउन मन छ भने मैले विश्वासको मतमा जानुपर्छ । म दिक्क भइसके सरकार चलाउन । म दिक्क भैसके किन विश्वासको मत माग्ने ? अर्को वैकल्पिक सरकार चलाउ भनेर बाटो खोलिसकेको छ । राष्ट्रपतिले मिलेन भन्नु भएको त छैन ।’
उनले अहिलेको अवस्थामा कसैले सहयोग नगरेकाले आफूले सरकार चलाउन नसक्ने बताए बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’