विदेशी लगानीका सिमेन्ट उद्योगको उत्पादन क्षमता उच्च : राष्ट्र बैंक
![विदेशी लगानीका सिमेन्ट उद्योगको उत्पादन क्षमता उच्च : राष्ट्र बैंक](https://rpcdn.ratopati.com/media/albums/rastra-bank_SgIYF4pVUu_zhjcfQJg2D.jpg)
विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र लागत न्यून रहेको नेपाल राष्ट्र बैंकको एउटा अध्ययनले देखाएको छ । उत्पादन र लगानी क्षमताका आधारमा नेपालमा वैदेशिक लगानीका सिमेन्ट उद्योगको बाहुल्यता रहेको केन्द्रिय बैंकको अध्ययनमा भनिएको छ ।
नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी
आर्थिक सामाजिक प्रभावको अध्ययन अनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको देखिन्छ । यसैगरी, आन्तरिक रुपमा यी उद्योगहरूबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ ।
प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ । नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगहरुमध्ये ३ प्रत्यक्ष विदेशी लगानी (होङ्सी, अर्घाखाँची, मारुती सिमेन्ट) , २ सरकारी स्वामित्व (उदयपुर र हेटौडा) र ५० निजी स्वामित्वका रहेका छन ।
सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको छ । मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको राष्ट्र बैंकको भनाइ छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको वेबसाइट ह्याक
-
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
-
‘बेहुली फ्रम मेघौली’को गीत ‘बिहे गर्ने कि नगर्ने’मा प्रदीप, दीपासहित थुप्रै कलाकार
-
पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
-
समानुपातिक सांसद हटाऔँ, निर्वाचन क्षेत्र घटाऔँ : केसी
-
प्रचण्डजीसँग चिप्लिनुबाहेक केही विकल्प छैन : आहुति