बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

भन्सार विभागद्वारा कोभिड–१९ शीघ्र जाँचपास कार्यविधि जारी

शुक्रबार, ०७ जेठ २०७८, १२ : ३९
शुक्रबार, ०७ जेठ २०७८

काठमाडौं । नेपाल सरकार भन्सार विभागले कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ जारी गरेको छ । विश्वव्यापी संक्रामक महामारी कोभिड–१९ नेपालमा पनि तिब्र रुपमा फैलिरहेको अवस्थामा नेपाल सरकारले यस रोगको निरोध, निदान, नियन्त्रण तथा उपचारलाई प्रमुख प्राथमिकतामा राखी आवश्यक स्वास्थ्य सामग्री तथा माल वस्तुको सहज आयातका लागि यो कार्यविधि जारी गरेको हो । यस अन्तर्गत भन्सार विन्दुमा छिटोभन्दा छिटो जाँचपास गर्ने व्यवस्था मिलाउन वाञ्छनीय भएकाले भन्सार ऐन, २०६४ को दफा ९३ बमोजिम विभागले सो कार्यविधि बनाई लागू गरेको जनाएको छ ।

सो कार्यविधिले कोभिड–१९ रोकथाम तथा उपचार सम्बन्धित माल वस्तुहरुलाई अत्यावश्यक माल वस्तुको रुपमा व्याख्या गरी सोही अनुरुप छिटो र छरितो भन्सार जाँच पासको व्यवस्था गर्न निर्देशन गरिएको छ ।  विभागको निर्देशिका अनुसार यस्ता अत्यावश्यक माल वस्तुहरुमा २० शीर्षका मालवस्तुहरु रहेका छन् ।  

यस्तो माल वस्तुको सहजीकरणका लागि भन्सार अधिकृतले उच्च प्राथमिकता दिई शीघ्र जाँचपास गर्नुपर्ने र सो प्रयोजनका लागि भन्सार कार्यालयका प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्थासहित छुट्टै इकाई (डेडिकेटेड युनिट) खडा गरी कर्मचारी खटाउन सक्ने व्यवस्था गरिएको छ ।

सो क्रममा आपूर्ति व्यवस्थालाई सहज एवं शीघ्र बनाउन कार्यालयको नियमित समयभन्दा अघि वा पछि र सार्वजनिक विदाको दिनमा पनि यात्रु जाँचपास कक्ष वा काउन्टरबाट समेत अत्यावश्यक मालवस्तुको जाँचपास गर्ने गरी भन्सार कार्यालयको प्रमुखले आवश्यक व्यवस्था गर्नुपर्नेछ ।

यस्ता छन् भन्सार विभागले छुट्याएका २१ अत्यावश्यक माल वस्तुहरु :

१.मेडिकल ग्रेड अक्सिजन (लिक्विड र ग्यास दुबै)
२.नोनिभेसिभ भेन्टिलेटर लागि आवश्यक हेलमेट
३. अक्सिजन सिलिन्डर
४.लिक्युइड अक्सिजन कन्टेनर
५.लिक्युइड अक्सिजन टंक
६.अक्सिजन कन्सिस्टर
७.आईएसओ कन्सिस्टर फर सिपिङ्ग अक्सिजन
८.क्राजिन रोड ट्रान्सर्पोट टंक फर अक्सिजन
९.भ्याकुम प्रेसर स्वीङ्ग अडोप्रेसन –भीपीएसए
१०.प्रेसर स्वीङ्ग अडोप्रेसन –पीएसए अक्सिजन प्लान्ट
११.क्राओजिनिक अक्सिजन एयर सेप्रेशन युनिटस् (एएसयूएस) 
१२.अक्सिजन सिलिन्डर भल्भ
१३.साइरिङ्ग पम्प, इन्फुसन पम्प, हाई फ्लो नसल क्यानुल
१४.आईसीयू मनिटर, अक्सिजन कन्सटेटर, भेन्टर मास्क
१५.रिसिभेइअर मास्क, भेन्टिलेटर मास्क, नन् इनभेसिभ भेन्टिलेटर मास्क, भेन्टिलेटर सर्किट
१६.अक्सिजन कन्सटेटर र टुविङ्ग, अक्सिजन, अक्सिजन फिलिङ्ग सिस्टम, अक्सिजन जेनेरेटर कम्प्रेसर्स, टुविङ्ग
१७.ओरो–नसल मास्क र नसल मास्क, नोनिभेसिभ भेन्टिलेटर, अक्सिजन फ्लो मिटर, अक्सिजन रेगुलेटर
१८.ब्लड ग्यास एनालाइजर, आईसीयू बेड
१९.रेमडिसिभिर
२० नेपाल सरकारले तोकेका कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित अन्य माल वस्तुहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप