भारतमा बिहिबार ३४ दिनपछि सबैभन्दा कम कोरोनाका संक्रमित भेटिए

भारतमा कोरोना संक्रमणको ग्राफ क्रमशः कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा २.५९ लाख संक्रमित भेटिएका छन् जबकी ३.५७ लाख बिरामी निको पनि भएका छन् । यद्यपि, महामारीका कारण ज्यान गुमाउनेको आँकडा एकपटक पुनः चार हजार पार भएको छ । बिहिबार ४,२०८ बिरामीको मृत्यु भएको छ । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १.०२ लाखको कमी आएको छ ।
बिहिबार कोरोनाका नयाँ संक्रमितको आँकडा २४ दिनमा सबैभन्दा कम रह्यो । यसअघि १६ अप्रिलमा २.३४ लाख नयाँ संक्रमित भेटिएका थिए । लगातार ८ दिनदेखि नयाँ संक्रमितको तुलनामा निको हुने संक्रमितमा कमी आइरहेको छ । यसका कारण उपचार गराइरहेका बिरामीको संख्यामा लगातार कमी आइरहेको छ । कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै ३७.४१ लाख सक्रिय संक्रमितको संख्या ९ मेमा थियो । ११ दिनमा यो घटेर ३०.२२ लाख भएको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः २.५६ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.५२ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,१४६
हालसम्म संक्रमित भइसकेकाः २.६० करोड
हालसम्म निको भएकाः २.२७ करोड
हालसम्म कूल मृत्युः २.९१ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३०.२४ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
-
माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
भारतबाट बुवाले २० हजारको जागिर मिलाए, ह्याकरले छोरालाई चोरीमा प्रयोग गरे
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
-
पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन