शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

औषधि कालोबजारी गर्ने एक जना पक्राउ

शुक्रबार, ०७ जेठ २०७८, १० : ०८
शुक्रबार, ०७ जेठ २०७८

मोरङबाट औषधि कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ७ स्थायी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् । 

पक्राउ परेका महतो मोरङ को विराटनगर महानगरपालिका ३ मा पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका थिए । 

उनले सिरहाका बरियारपट्टी गाउँपालिका ३ बस्ने ४५ वर्षीय राम नारायण मुखियालाई बैशाख २५ र ३० गते औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा वास्तविक मूल्य लेख्ने र अर्कोमा बढी मूल्य लेखी औषधि बिक्री गरेको जिल्ला प्रहरी कार्यालय मोरङ का का प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिए । 

प्रहरीका अनुसार पक्राउ परेका महतोले ग्राहकलाई बढी मूल्य लेखेको खाता देखाई औषधि बेचेका थिए । 

उनीमाथि कालोबजारी तथा अन्य सामाजिक अपराध, सजाय ऐन अनुसार कारबाही बढाउने प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप