शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आज शुक्रबार तपाईंको भाग्यफल हेर्नुस्

शुक्रबार, ०७ जेठ २०७८, ०६ : १०
शुक्रबार, ०७ जेठ २०७८

विसं २०७८ साल जेठ ०७ गते शुक्रबार । इस्वी सन् २०२१ मे २१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि– नवमी, ०६ बजेर ०७ मिनेट उप्रान्त दशमी । नक्षत्र– पूर्वफाल्गुनी, ११ बजेर ०२ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग– हर्षण, १७ बजेर २८ मिनेट उप्रान्त बज्र । करण– कौलव,  ०६ बजेर ०७ मिनेट उप्रान्त तैतिल, १७ बजेर २५ मिनेट उप्रान्त गर । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–सिंह,  बेलुकी ०४ बजेर ५१ मिनेट उप्रान्त कन्या । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी ५५ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विद्यामा गरिएको लगानीबाट सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केही मात्रमा लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । साझपख कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

मिथुन ९का, की, कू, घ, ङ, छ, के, को, हा० स्वास्थ्य सम्वन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । वादविवाद तथा प्रतिस्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुनेछ भने मुद्दा मामिला तथा न्यायालयमा सहभागी भई बयान दिँदा हारिने सम्भावना रहेको छ । विद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । राजनीति तथा समाजसेवामा भनेजस्तो काम गर्न नसकिने हुनाले आलोचना सहनुपर्ला । छोटो दूरीको यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नु पर्ने हुन सक्छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
बोलीको प्रभाव बढ्ने हुनाले महत्त्वपूर्ण निर्णयहरू आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नीबीच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
राजनीति तथा समाजसेवामा गरिएको लगानी खेरजाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन । सामाजिक कामहरू समयमा सम्पादन हुने हुनाले मान, सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न हुनेछ । प्रेममा सफलता तथा सामीप्यता बढ्नेछ । विद्यामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्त्वपूर्ण काम थाँती रहनेछन् । विदेशी भूमिमा बसेर श्रम गर्नेहरूले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यसम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । साँझपख समय राम्रो रहेकाले राजनीति तथा सामाजिक काममा राम्रा काम गर्न सकिने हुनाले पद प्राप्तिको योग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरू सक्रिय रहनेछन् । पढाइलेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ । बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । साझपख प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्य धन आर्जन गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।  अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित काम समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवासम्बन्धित काम समयमा नै सम्पन्न हुनेहुँदा मन प्रसन्न रहनेछन् ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
वादविवाद तथा झैझगडाबाट टाडै बस्नुहोला, अनावश्यक धन तथा स्थायी सम्पत्ति हानि हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरू हाबी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । घरपरिवार तथा चेली माइतीबीच सामान्य कुरामा राय बाजिनेछ । साँझपख दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईंको नाम आउनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । पढाइलेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
प्रतिस्पर्धीहरू हावी हुनेछन् । अदालती निर्णयहरू तपार्ईंको पक्षमा नआउने हुनाले मानसिक तनाव बढ्नेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने आफन्तहरूले नै तपार्ईंसँग शत्रुतापूर्ण व्यवहार गर्नेछन् । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । तर पनि दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप