बेलायतमा ७० प्रतिशत बढीले लगाए कोरोनाविरुद्धको खोप

लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ७०.७ प्रतिशत वयस्कले खोपको पहिलो डोज लगाएका छन् । बिहीबारसम्म सार्वजनिक सरकारी तथ्याङ्कअनुसार कोरोना विरुद्धको पहिलो डोज लगाउनेको संख्या तीन करोड ७२ लाख ५० हजार ३६३ पुगेको छ ।
यसैगरी दुई करोड १२ लाख ३९ हजार ४१७ जना अर्थात् ४०.३ प्रतिशतले खोपको दोस्रो डोज लगाएका छन् । बेलायतमा हालसम्म पहिलो र दोस्रो दुवै गरी ५ करोड ८४ लाख ८९ हजार ८३४ डोज खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोशल केयर’ ले जानकारी दिएको छ । बेलायतमा एकसय जनामध्ये ८७ जनाले खोप लगाएका छन् ।
विश्वभरको तथ्याङ्क हेर्दा हालसम्म १.५६ बिलियन डोज खोप वितरण भइसकेको छ । जसका आधारमा हरेक एक सय जनामध्ये २० जनाले खोप लगाएका छन् । पछिल्लो २४ घन्टामा बेलायतमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७०१ पुगेको छ । पछिल्लो समय बेलायतमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण निरन्तर बढ्दै गएको छ ।
इङ्ग्ल्यान्डका २३ वटा इलाकामा फैलिएको उक्त भाइरस बेडफोर्ड, बर्नली, हन्स्लो, किर्कलेस, लेइस्टर, नर्थ टाइनसाइड लगायत क्षेत्रमा बढी देखिएको छ । सोमबार करिब २३ सय केस भएकामा तीन हजारभन्दा बढी इण्डियन भेरियन्टका केस भेटिएको सञ्चारमाध्यमले जनाएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार ८७४ जनामा संक्रमण पुष्टि स्वास्थ्य विभागले ले जानकारी दिएको छ ।
नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ५५ हजार २२१ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या करिब ४० हजार रहेको छ भने ४२ लाख ८४ हजार भन्दा बढी संक्रमित निको भइसकेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन