बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा ७० प्रतिशत बढीले लगाए कोरोनाविरुद्धको खोप

बिहीबार, ०६ जेठ २०७८, २३ : १९
बिहीबार, ०६ जेठ २०७८

लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ७०.७ प्रतिशत वयस्कले खोपको पहिलो डोज लगाएका छन् । बिहीबारसम्म सार्वजनिक सरकारी तथ्याङ्कअनुसार कोरोना विरुद्धको पहिलो डोज लगाउनेको संख्या तीन करोड ७२ लाख ५० हजार ३६३ पुगेको छ ।

यसैगरी दुई करोड १२  लाख ३९ हजार ४१७ जना अर्थात् ४०.३ प्रतिशतले खोपको दोस्रो डोज लगाएका छन् । बेलायतमा हालसम्म पहिलो र दोस्रो दुवै गरी ५ करोड ८४ लाख ८९ हजार ८३४ डोज खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोशल केयर’ ले जानकारी दिएको छ । बेलायतमा एकसय जनामध्ये ८७ जनाले खोप लगाएका छन् ।

विश्वभरको तथ्याङ्क हेर्दा हालसम्म १.५६ बिलियन डोज खोप वितरण भइसकेको छ । जसका आधारमा हरेक एक सय जनामध्ये २० जनाले खोप लगाएका छन् । पछिल्लो २४ घन्टामा बेलायतमा  ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ७०१ पुगेको छ । पछिल्लो  समय बेलायतमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण निरन्तर बढ्दै गएको छ ।

इङ्ग्ल्यान्डका २३ वटा इलाकामा फैलिएको उक्त भाइरस बेडफोर्ड, बर्नली, हन्स्लो, किर्कलेस, लेइस्टर, नर्थ टाइनसाइड लगायत क्षेत्रमा बढी देखिएको छ । सोमबार करिब २३ सय केस भएकामा तीन हजारभन्दा बढी इण्डियन भेरियन्टका केस भेटिएको सञ्चारमाध्यमले जनाएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार ८७४ जनामा संक्रमण पुष्टि स्वास्थ्य विभागले ले जानकारी दिएको छ  ।

नयाँ सँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४४ लाख ५५ हजार २२१ पुगेको छ । बेलायतमा हाल सक्रिय संक्रमितको संख्या  करिब ४० हजार रहेको छ भने ४२ लाख ८४  हजार भन्दा बढी  संक्रमित निको भइसकेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप