विज्ञप्ति नै जारी गरेर काँग्रेसले भन्यो– राष्ट्रपतिको विज्ञप्ति नेपालको संविधान विपरीत
बिहीबार, ०६ जेठ २०७८, २३ : ०३
नेपाली काँग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न भनि आह्वान गर्दै जारी गरेको विज्ञप्तीलाई असंवैधानिक भएको ठहर गरेको छ ।
‘आज २०७८ जेठ ६ गते सम्माननीय राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक छ’, काँग्रेसले बिहीबार अबेर जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक भोलि विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको उनको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी