सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले राजीनामा नगरी सरकार गठनको प्रक्रिया व्यवहारिक हुँदैन : डा. विपिन अधिकारी (भिडियोसहित )

बिहीबार, ०६ जेठ २०७८, २२ : ४४
बिहीबार, ०६ जेठ २०७८

संविधानविद् डा.विपिन अधिकारीले प्रधानमन्त्रीले राजीनामा नगरी अर्को सरकार गठनको प्रक्रिया अघि बढाउनु व्यवहारिक नभएको टिप्पणी गरेका छन् । डा. अधिकारीले अहिलेको अवस्थामा कि प्रधानमन्त्रीले आफुले राजीनामा गरे सरह हो भनेर भन्नुपर्ने, कि त राष्ट्रपतिले पनि त्यसको पुष्टि हुने आधार देखाएपछि मात्रै नयाँ सरकार गठनको अर्को प्रक्रिया सुरु गर्नुपर्ने बताए ।

रातोपाटी अनलाइन टीभीको द भ्युमा कुरा गर्दै डा. अधिकारीले सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकारको दावी गर्न प्रतिनिधि सभा सदस्यलाई गरेको आह्वान ठूलो खतरा नभए पनि संविधानको व्याख्या नमिलेको टिप्पणी गरे ।

‘सरकार निर्माणको काम कारवाहीमा सिफारिस भन्दा पनि हैसियत हेरिन्छ, उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिएको अवस्था वा विश्वासको मत लिन नसकेको अवस्थामा मात्र नयाँ सरकारको प्रक्रिया अघि बढाउनुपर्छ’, संविधानविद् अधिकारीको भनाइ छ ।

उनले अहिले बाहिर आएका टिप्पणीहरू सतही रहेको भन्दै यसबाट ठूलो खतरा उत्पन्न नभएको दाबी गरे । ‘ठूलो खतरा उत्पन्न भएको होइन, बरु संविधानको व्याख्या गर्ने तरिका मिलेन ।’ उनले नयाँ सरकारका लागि राष्ट्रपतिले दिएको समय अपुग हुने लागे  राष्ट्रपतिसँग थप समय माग गर्नसमेत सकिने बताए । ‘यदि दलका नेताहरुलाई त्यो अवधि अपुग हुन्छ भन्ने लागे राष्ट्रपतिसँग थप समय माग्न सकिन्छ’, अधिकारीको भनाइ छ । उनले त्यो अवधिमा पनि सरकार गठन हुन सकेन भने निर्वाचनमा जाने प्रक्रिया रहेको बताए ।

डा. अधिकारीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दलहरूसँग अन्तरक्रिया गर्नुपर्ने भन्दै अन्तरक्रिया नगरी कसैले दावी पेश गर्ने कुरा असम्भवजस्तै रहेको टिप्पणी गरे ।

‘जालझेल होइन, पारदर्शिताको कुरा हो, त्यसका लागि अहिलको समय अपुग हुन सक्छ’ अधिकारीले भने, ‘त्यसका लागि दलहरूको सुझावका आधारमा राष्ट्रपतिले समय दिन सक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप