शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ : गगन थापा

बिहीबार, ०६ जेठ २०७८, २२ : १८
बिहीबार, ०६ जेठ २०७८

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि साँझ ५ बजेभित्र वैकल्पिक सरकार गठनका लागि समय दिएको प्रति आक्रोश व्यक्त गर्दै थापाले उनले दिएको समय अगावै सरकार बनाएर प्रधानमन्त्री ओलीलाई बिदा गर्न पनि आग्रह गरेका छन् । 

बिहीबार राति सामाजिक सञ्जालमार्फत उनले आफ्ना विचार सार्वजनिक गर्दै भनेका छन्–‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो । गनगन गरेर नबसौँ । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं ।’

सरकारको सिफारिसमा राष्ट्रपतिले भोली साँझ ५ बजेसम्म सरकार गठनको समय दिएपछि विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपति मिलेर फेरी संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्न खोजेको आशंका गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप