भोलि नै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्छ : शम्भु थापा
वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि अचानक आह्वान गर्नु संविधानलाई नै समाप्त पार्ने कदम भएको बताएका छन् ।
उनले संसदलाई भोलिकै दिनबाट समाप्त पार्ने उद्देश्यका साथ यस्तो आह्वान भएको प्रष्ट पारे । ‘संसद बचाउने हो भने भोलि नै यो प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव राख्नुपर्छ र नयाँ प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर संसदबाट प्रक्रिया सुरु गर्नुपर्छ,’ रातोपाटीसँग थापाले भने, ‘अहिलेको अवस्थामा संसद बाँच्न जरुरी छ ।’
राष्ट्रपतिले हाकाहाकी संविधानलाई खत्तम पार्ने काम गरिरहेको थापाले जनाए । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘यो महाभियोगयुक्त काम पनि हो, यो सामान्य कुरा होइन ।’
प्रधानमन्त्रीले ३० दिनको अवधिभित्र विश्वासको मत लिन सकेनन् वा राजीनामा दिएको अवस्थामा मात्र राष्ट्रपतिले यसरी सरकार गठनका लागि आह्वान गर्न मिल्ने थापाले बताए ।
‘नोकरलाई आदेश दिएकोजस्तो विषय होइन यो । सांसदहरुलाई नोकर, दासभन्दा पनि तल्लो दर्जाको ठानिएको देखिन्छ,’ उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई धुजाधुजा पारेका छन् ।’
भोलि अविश्वासको प्रस्ताव राख्दै प्रस्तावित प्रधानमन्त्रीको नामसहित दलहरु अगाडि बढेर यो संसदलाई बचाउनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण