राष्ट्रपतिले एक दिनको समय दिएर फर्मालिटी पुरा गरिन् : माओवादी
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको माओवादी केन्द्रको भनाइ छ ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संवैधानिक रुपले संविधानको धारा ७६ को ३ अनुसार बनेको सरकारले उपदफा ४ को अभ्यास गर्नुपर्ने भएपनि उक्त उपदफाको प्रयोग गर्दिन भनेर भन्न पाउने संविधानले परिकल्पना नगरेको बताए ।
‘तर मन्त्रिपरिषदले सिफारिस गर्यो भनेर राष्ट्पतिले त्यसैलाई स्वीकार गरेको देखियो । संविधानको धारा ७६ को उपधारा ४ प्रयोग भयो कि भएन भनेर हेर्ने सदनले हो’, गुरुङले रातोपाटीसँग भने, ‘सदन र सभामुखको पत्र हेर्नुपर्छ । सदनमा प्रयास नै नगरी एकैचोटी जुन ढंगले ७६ को ५ अनुसार सरकार बनाउन आव्हान भयो त्यो संविधानसम्मत छैन भन्ने देखिन्छ ।’
गुरुङले राष्ट्रपतिले एक दिनको समय दिएर सरकार बनाउन दिएको आदेश फर्मालिटी पुरा गर्ने र सरकार गठन हुन नसकोस् भन्ने आशय लुकेको बताए । ‘घटनाक्रमले छिटोभन्दा छिटो यहि सरकारले संसद विघटन गर्न सकोस् भन्ने उद्देश्यले यो कदम चालेको देखिन्छ’, गुरुङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी
-
वडा सदस्य मृत फेला, आत्महत्या गरेको आशंका
-
सुदूरपश्चिममा बजेटकाे सिलिङलाई लिएर विवाद : राति ९ बजे बजेट ल्याउने तयारी
-
विकास बजेट २१.५ प्रतिशतले बढ्दा साधारण खर्च नियन्त्रणमा जोड
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण