शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नियत नै संसद् विघटन गर्ने देखियो : संविधानविद् आचार्य

बिहीबार, ०६ जेठ २०७८, २० : ५३
बिहीबार, ०६ जेठ २०७८

संविधानविद् डा. भीमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नरहेको प्रस्ट पारेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ९जेठ ७ गते) बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेपछि संविधानविद् आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।

‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुन सक्दैन,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेकोजस्तो देखियो ।’ बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने बरु संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने योजना सुनाएको एक मन्त्रीले जानकारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप