बादललाई हराउनु महाअपराध, कारवाही होस् : नविना लामा
नेकपा एमालेकी सांसद समेत रहेकी नेतृ नविना लामाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउनेलाई कारवाही गर्न माग गरेकी छिन् । एमाले ओली समूहका उम्मेदवार बादल एमालेकै माधव नेपाल समूह, माओवादी केन्द्र, कांग्रेस सहितको विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएपछि सांसद लामाले आक्रोश ब्यक्त गरेकी छिन् ।
उनले पार्टीमा अन्तर्घात भएको भएको बताउँदै बादलको हार नभई पार्टीको हार भएको उल्लेख गरेकी छिन् । बिहिबार सामाजिक सञ्जालमार्फत उनले पार्टीको निर्णय विरुद्ध लाग्ने नेताहरुलाई तत्काल कारवाही गर्न माग गरेकी छिन् ।
लामाले भनेकी छिन्–‘अन्तरघात महाअपराध हो होसियार !!! क.बादलको हार होइन पार्टीको हार हो । यस पार्टीको निर्णयविरुद्ध लाग्ने नेताहरुलाई तत्काल कारवाहीको माग गर्दछु ।’ आज भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा ५ हजार ८८ मतभार पाएर भट्टराई विजयी भएका छन् भने पराजित भएका बादलले ४ हजार १४ मत भार पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनीति सफा नभई मुलुक बन्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
-
ओलीको भष्मासुर प्रवृत्तिका कारण वाम आन्दोलन पतनतिर लाग्यो : झलनाथ खनाल
-
डुब्यो टेकु दोभान, तस्बिरहरू
-
एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने
-
सबै केन्द्रीय समिति सदस्य चयनपछि मात्रै पदाधिकारीको टुङ्गो लगाउने एकीकृत समाजवादीको निर्णय
-
मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाइयो