मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

बादललाई हराउनु महाअपराध, कारवाही होस् : नविना लामा

बिहीबार, ०६ जेठ २०७८, २० : १०
बिहीबार, ०६ जेठ २०७८

नेकपा एमालेकी सांसद समेत रहेकी नेतृ नविना लामाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउनेलाई कारवाही गर्न माग गरेकी छिन् । एमाले ओली समूहका उम्मेदवार बादल एमालेकै माधव नेपाल समूह, माओवादी केन्द्र, कांग्रेस सहितको विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएपछि सांसद लामाले आक्रोश ब्यक्त गरेकी छिन् । 

उनले पार्टीमा अन्तर्घात भएको भएको बताउँदै बादलको हार नभई पार्टीको हार भएको उल्लेख गरेकी छिन् । बिहिबार सामाजिक सञ्जालमार्फत उनले पार्टीको निर्णय विरुद्ध लाग्ने नेताहरुलाई तत्काल कारवाही गर्न माग गरेकी छिन् । 
लामाले भनेकी छिन्–‘अन्तरघात महाअपराध हो होसियार !!! क.बादलको हार होइन पार्टीको हार हो । यस पार्टीको निर्णयविरुद्ध लाग्ने नेताहरुलाई तत्काल कारवाहीको माग गर्दछु ।’ आज भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा ५ हजार ८८ मतभार पाएर भट्टराई विजयी भएका छन् भने पराजित भएका बादलले ४ हजार १४ मत भार पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप