बादलको हारमा गोकुल बास्कोटाको प्रतिक्रिया : ‘दुध ख्याएर पालेका साँपले डसे’
बिहीबार, ०६ जेठ २०७८, १९ : ४३
२
राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादलको पराजयपछि एमालेका नेता गोकुल बास्कोटाले प्रतिक्रिया जनाएका छन् । बिहिबार साँझ सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री समेत रहेका बास्कोटाले बादलको पराजयलाई दुध खुवाएर पालेका साँपले डसेको उल्लेख गरेका छन् । उनले विपक्षीसँग कुनै गुनासो नरहेको भन्दै समयको अन्त्य नभई सुरुवात मात्र भएको बताएका छन् ।
बास्कोटाले लेखेका छन्– ‘दुध ख्वाएका साँपले डसेका हुन् । विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुवात मात्र ।’ आज भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा बादल एमालेको माधव नेपाल समूह, माओवादी केन्द्र र काँग्रेसको संयुक्त गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
जीवन ‘सजिलो’ होइन ‘सार्थक’ बनाउने होड
-
विपी राजमार्गमा लेदोसहितको पहिरो, आवतजावत ठप्प
-
स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
-
जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन