शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा थपिए ४५५ कोरोना संक्रमित, थप ७ जनाको मृत्यु

बिहीबार, ०६ जेठ २०७८, १९ : ३८
बिहीबार, ०६ जेठ २०७८

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २६० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या १९ हजार १३३ पुगेको छ ।  कर्णाली प्रदेशमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रमा उपचारको क्रममा सल्यानका पाँच, सुर्खेत र डोल्पाका एकएक जनाको मृत्यु भएको हो । यससँगै कर्णालीमा कुल संक्रमितमध्ये हालसम्म मृत्यु हुनेको संख्या १८६ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३९० जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमितमध्ये निको हुनेको संख्या ११ हजार ७५३ पुगेको छ ।  हाल प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टर, होम आइसोलेसन सेन्टरमा ६ हजार २३७ जना सक्रिय संक्रमित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप