झापामा १४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो
बिहीबार, ०६ जेठ २०७८, १९ : २३
जिल्लामा अघिल्लो पटक जेठ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि निषेधाज्ञा थप गरिएको जनाएको हो ।
आज बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण तिब्र गतिमा बढिरहेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ । जिल्लामा जेठ १९ गतेदेखि जारी गरिएको निषेधाज्ञा जेठ गतेदेखि कडा पारिएको थियो । निषेधाज्ञा कडा पारिएसँगै मानिसहरुलाई औषधि उपचार बाहेकको काममा घर बाहिर ननिस्कन आदेश गरिएको छ ।
झापामा आजको ४ सहित १८२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ । आज थप २१८ जनामा संक्रमण पुष्टि भएको र हाल तीन हजार ४७८ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि