प्रभु सेलेक्ट फन्डको इकाई ओभर सब्सक्राइब, दोस्रो दिन नै १०४% बिक्री
काठमाडौं । जेठ ५ गतेबाट निष्काशन शुरु भएको प्रभु सेलेक्ट फन्डको इकाई दोस्रो दिन नै ओभर सब्सक्राइब भएको छ । दोस्रो दिन १०४.८८ प्रतिशत भन्दा बढी आवेदन परेको छ ।
४० हजार ५ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकम बराबरको १० करोड ४८ लाख ८२ हजार ५० इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई म्युचुअल फन्ड बिक्रीमा ल्याएको हो ।
यो फन्डले १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
यो फन्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले फिल्म स्टार जोन भोइट, मेल गिब्सन र सिल्भेस्टर स्टेलोनलाई बनाए हलिउड दूत
-
ज्योतिराजको फिल्म ‘नाक्छोङ’ को छायाङ्कन सुरु
-
स्क्यामरबाट बैंक खाता, इलेक्ट्रोनिक डिभाइस र सामाजिक सञ्जाल अकाउन्ट कसरी सुरक्षित बनाउने ?
-
आजै लगनगाँठो कस्दै मेलिना, को हुन् बेहुला ?
-
लगातार तेस्रो वर्ष पनि घट्यो चीनको जनसंख्या
-
‘मधेस आन्दोलनको एजेन्डा होइन रणनीति फेर्ने बेला आएको छ’