आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

प्रभु सेलेक्ट फन्डको इकाई ओभर सब्सक्राइब, दोस्रो दिन नै १०४% बिक्री

बिहीबार, ०६ जेठ २०७८, १९ : ०४
बिहीबार, ०६ जेठ २०७८

काठमाडौं । जेठ ५ गतेबाट निष्काशन शुरु भएको प्रभु सेलेक्ट फन्डको इकाई दोस्रो दिन नै ओभर सब्सक्राइब भएको छ । दोस्रो दिन १०४.८८ प्रतिशत भन्दा बढी आवेदन परेको छ । 

४० हजार ५ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकम बराबरको १० करोड ४८ लाख ८२ हजार ५० इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई म्युचुअल फन्ड बिक्रीमा ल्याएको हो । 

यो फन्डले १५ प्रतिशत इकाई मध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

यो फन्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप