सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएकालाई शहिद घोषणा गर्न माग
बिहीबार, ०६ जेठ २०७८, १९ : ०१
सशस्त्र प्रहरीको गोली लागी मृत्यु भएका नवलपरासीका अभिनाश राजभरलाई शहिद घोषणा गर्न र दोषीलाई कारबाही गर्न स्वतन्त्र राजनितिक समूहले माग गरेको छ ।
बुधबार विहान साढे ९ बजे सुस्ता गाउँपालिका ५ बनकट्टी सीमा स्थित नथुई नाकामा स्थानीय र शसस्त्र प्रहरीबीच भएको झडपका क्रममा उनको मृत्यु भएको थियो ।
समूहले जारी गरेको विज्ञप्तिमा राजभरलाई तत्काल शहिद घोषणा गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन र घटनाको छानबिन गर्न गठित समितिले घटनाको सत्यतथ्य छानबिन गरि दोषिहरुलाई कडा भन्दा कडा कार्वाही गर्न माग गरिएको छ । त्यसैगरि स्वतन्त्र राजनीतिक समूहले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई यसबारे ज्ञापनपत्र समेत बुझाएको छ ।
प्रतापपुर ६ कठहवाँ बस्ने २२ वर्षीय अविनाशको मृत्यु बारे राष्ट्रिय मानवअधिकार आयोगले समेत चासो व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन