आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पहिलो डोज चिनियाँ खोप लगाएर गाउँ पुगेकाहरुलाई स्थानीय तहमा नाम टिपाउन मन्त्रालयको अनुरोध

बिहीबार, ०६ जेठ २०७८, २२ : ००
बिहीबार, ०६ जेठ २०७८

कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्राको खोप अभियान सञ्चालन भइरहेको छ । निषेधाज्ञाकै बीचमा उपत्यकामा खोप दिन सुरु गरिएको हो । वैशाख दुई गतेदेखि काठमाडौं, ४ गतेदेखि भक्तपुर र ६ गतेदेखि ललितपुरमा भेरोसेलको दोस्रो मात्रा दिन थालिएको छ । 

तर, वैशाख  १६ गते निषेधाज्ञा घोषणा हुनुभन्दा दुई दिनअघि पहिलो मात्रा भेरोसेल खोप लगाएका धेरै जना आफ्नो गाउँँ फर्किएका छन् । कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन उपत्यकामा नभएका व्यक्तिले तत्काल स्थानीय तहमा नाम टिपाउन स्वास्थ्य जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । 

काठमाडौं बाहिर भएकाहरुले भेरोसेलको खोपको दोस्रो मात्रा लगाउनुपर्ने व्यक्तिहरुले आफ्नो स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वस्थ्य कार्यालयहरूमा नाम र विवरण टिपाउन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

दोस्रो मात्रा खोप लगाउनेहरुको विविरणसहितको सूची तयार भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा पास खोज्दै हिँडडुल नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ । यस्तै खोपको पहिलो मात्रा लगाएर उपत्यका छाडेका नागरिकलाई दोस्रो मात्रा खोप लगाउने व्यवस्था मन्त्रालय मिलाउने भएको  छ । भेरोसेल खोप पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तामा दोस्रो मात्रा खोप लगाउनुपर्छ । यो खोप पहिलो मात्रा करिब २ लाख ९० हजार जनाले लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप