पुटिनले स्वीकार्दै भने, ‘चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमा बलियो भयो’
चिनियाँ राष्ट्रपति शी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिडियो लिङ्कमार्फत् चीनमा रुसी प्रविधिबाट सुसज्जित थर्ड जेनेरेशनका चार न्यूक्लियर रियाक्टरको सुरुवात गरे । रुसले चीनमा यी चार न्यूक्लियर पावर प्लान्ट बनाएको छ ।
पर्यवेक्षकका अनुसार यी चार नयाँ न्यूक्लियर रियाक्टर चीन र रुसबीच ऊर्जा परियोजनााम सबैभन्दा ठूलो साझेदारी हो । यसलाई परमाणु ऊर्जा सहयोगको मामिलामा निकै महत्वपूर्ण मानिएको छ । रुस र चीनबीचको निकटता लगातार बढिरहेको अनुमान गरिएको छ ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग चिनियाँ विशेषज्ञले ऊर्जा सुरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा यो दुई देशको रणनीतिक साझेदारी बताएका छन् । यी दुई देश संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् र दुबैको यो निकटताले निकै महत्व राख्छ । रुसले दुबै देशको सहयोगको यो उदाहरण भएको बताएको छ ।
Vladimir Putin and President of China Xi Jinping launched construction of four new power units of two nuclear power plants in China https://t.co/Pb4vIBOaHD pic.twitter.com/6VRH3YIdl0
— President of Russia (@KremlinRussia_E) May 19, 2021
रुसी राष्ट्रपतिले यो न्यूक्लियर पावर प्लान्ट शक्तिशाली र आधुनिक भएको बताउँदै संयुक्त उपक्रमका लागि यो आफैंमा एउटा उदाहरण भएको धारणा व्यक्त गरे । पुटिनले यो रियाक्टर सुरक्षाको सबै दृष्टिकोणले दुरुस्त भएको पनि बताए । रुसी राष्ट्रपतिले चीनसँग मिलेर थप पावर प्लान्ट बनाइने जानकारी दिए । समाचार एजेन्सी एएफपीका अनुसार पुटिनले रुस र चीनको सम्बन्ध ऐतिहासिक रुपमा नै बलियो भएको बताए ।
पुटिनले भने, ‘रुस र चीनको साझेदारी आपसी विश्वाससहित राजनीतिक मामिलामा व्यापार, अर्थव्यवस्था, संस्कृति र मानवीय सहयोगमा पूर्ण रुपमा सफल भइरहेको छ । हामी भन्न सक्छौं कि रुस र चीनबीचको सम्बन्ध ऐतिहासिक रुपमा सबैभन्दा उचाईंमा पुगिसकेको छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास