शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनले स्वीकार्दै भने, ‘चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमा बलियो भयो’

बिहीबार, ०६ जेठ २०७८, १५ : ०२
बिहीबार, ०६ जेठ २०७८

चिनियाँ राष्ट्रपति शी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिडियो लिङ्कमार्फत् चीनमा रुसी प्रविधिबाट सुसज्जित  थर्ड जेनेरेशनका चार न्यूक्लियर रियाक्टरको सुरुवात गरे । रुसले चीनमा यी चार न्यूक्लियर पावर प्लान्ट बनाएको छ । 

पर्यवेक्षकका अनुसार यी चार नयाँ न्यूक्लियर रियाक्टर चीन र रुसबीच ऊर्जा परियोजनााम सबैभन्दा ठूलो साझेदारी हो । यसलाई परमाणु ऊर्जा सहयोगको मामिलामा निकै महत्वपूर्ण मानिएको छ । रुस र चीनबीचको निकटता लगातार बढिरहेको अनुमान गरिएको छ । 

चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग चिनियाँ विशेषज्ञले ऊर्जा सुरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा यो दुई देशको रणनीतिक साझेदारी बताएका छन् । यी दुई देश संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् र दुबैको यो निकटताले निकै महत्व राख्छ । रुसले दुबै देशको सहयोगको यो उदाहरण भएको बताएको छ । 

रुसी राष्ट्रपतिले यो न्यूक्लियर पावर प्लान्ट शक्तिशाली र आधुनिक भएको बताउँदै संयुक्त उपक्रमका लागि यो आफैंमा एउटा उदाहरण भएको धारणा व्यक्त गरे । पुटिनले यो रियाक्टर सुरक्षाको सबै दृष्टिकोणले दुरुस्त भएको पनि बताए । रुसी राष्ट्रपतिले चीनसँग मिलेर थप पावर प्लान्ट बनाइने जानकारी दिए । समाचार एजेन्सी एएफपीका अनुसार पुटिनले रुस र चीनको सम्बन्ध ऐतिहासिक रुपमा नै बलियो भएको बताए  । 

पुटिनले भने, ‘रुस र चीनको साझेदारी आपसी विश्वाससहित राजनीतिक मामिलामा व्यापार, अर्थव्यवस्था, संस्कृति र मानवीय सहयोगमा पूर्ण रुपमा सफल भइरहेको छ । हामी भन्न सक्छौं कि रुस र चीनबीचको सम्बन्ध ऐतिहासिक रुपमा सबैभन्दा उचाईंमा पुगिसकेको छ । ’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप