उपनिर्वाचन अपडेट : १२ जनाले भोट हाल्न बाँकी
राष्ट्रियसभाको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म १२ जनाले मात्रै भोट हाल्न बाँकी छ । भोट दिन बाँकी रहेकामा प्रदेशसभाका ६ जना र स्थानीय जनप्रतिनिधितर्फ ६ जना छन् । मतदान गर्ने समय दिउँसो तीन बजेसम्म तोकिएको छ ।
राप्रपा सांसद रिता माझी र रीना गुरुङ मतदानस्थलमा पुगिसकेका छैनन् । एमाले सांसद बेलिमाया घले पनि मतदानस्थलमा पुगेकी छैनन् । उनीहरु काठमाडौंबाट हेलिकोप्टरमा आउने भनिए पनि गाडीबाटै आइरहेको स्रोतले बतायो ।
विवेकशील साझा पार्टीका तीनजना सांसदले यसअघि नै मतदान नगर्ने घोषणा गरिसकेका छन् ।
दोलखाका एकजना एमाले जनप्रतिनिधिले कसैलाई पनि भोट नदिने भन्दै आउन नमानेको एक नेताले बताए ।
स्थानीय तहका ६ जना मतदाताले अहिलेसम्म मतदान गर्न बाँकी छ । दाेलखाको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी काेराेना संक्रमित भएर उपचाररत भएकाले भाेट हाल्न जान नसकेको राताेपाटीलाई बताएकी छन् ।
राष्ट्रियसभाको उपनिर्वाचनमा प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदाता रहेकोमा दिउँसो २ बजेसम्म ३३५ जनाले मतदान गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक