शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

व्यवसायिक फुटबलबाट सामी खडिराले सन्यास लिँदै

बिहीबार, ०६ जेठ २०७८, १४ : ०२
बिहीबार, ०६ जेठ २०७८

सन् २०१४ मा जर्मनीलाई विश्वकप फुटबलको उपाधि जिताएका सामी खडिराले राष्ट्रिय टिमबाट नखेलेको तीन वर्ष भयो ।  अब उनले खेलाडी जीवन बाटै सन्यास लिने भएका छन् । तीन महिनाअघि मात्रै युभेन्टस्बाट हेर्था बर्लिनमा आबद्ध भएका ३४ वर्षीय खडिराका लागि शनिबार हेर्था र हेफिनहोइमबीच हुने बुन्डेसलिगा सिजनको अन्तिम खेल करियरकै अन्तिम प्रतिस्पर्धात्मक खेल हुनेछ । खडिराले हेर्थाका लागि आठ खेल खेलेका छन् । गत शनिबार कोलोग्नेसँग गोलरहित बराबरी खेले सँगै हेर्था रेलिगेसनबाट जोगिइसकेको छ । 

१४ वर्षे क्लब करियरका दौरान खेदिराले १६ वटा प्रमुख उपाधि जितिसकेका छन् । उनले रियल म्याड्रिडबाट च्याम्पियन्स लिग र ला–लिगा जिते भने युभेन्टस्बाट पाँचपटक सिरिए उपाधि जिते । त्यस्तै, स्टुगार्टबाट जर्मन बुन्डेस लिगा जिते ।

‘गुड बाई भन्ने समय आएको छ’ उनले भने । आफ्नो इन्स्टाग्राम पोस्टमार्फत खेदिराले केही ठूला क्लबबाट खेलेर महत्वपूर्ण उपाधि जित्नु गर्वको क्षण रहेको र जर्मनीका लागि विश्वकप जित्न पाउनु ऐतिहासिक क्षण रहेको जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप