सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

गण्डकीका नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण

बिहीबार, ०६ जेठ २०७८, १३ : ५५
बिहीबार, ०६ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री विकास लम्सालले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार दिउँसो विना विभागीय मन्त्रीमा नियुक्त गरेपछि साँझ मन्त्रालयको जिम्मेवारी पाएका लम्सालले आज पदभार ग्रहण गरेका हुन् । 

मुख्यमन्त्री गुरुङले बुधबार लम्साल लगायतका अन्य ४ जना मन्त्रीलाई शुरुमा विना विभागीय मन्त्रीका रुपमा सपथ गराएका थिए । साँझ पुनः सबै मन्त्रीहरुको कार्यविभाजन गरी मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए । लम्सालले पुरानै पर्यटन,उद्योग, वाणिज्य तथा वाणिज्य आपूर्ति, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

पदबहाली गर्दै उनले प्रकृतिमा आधारित वर्षाको पानीलाई सञ्चय गरी ग्राउण्ड रिचार्ज बढाउने, जीविकोपार्जनमा सहयोग पुर्याउने, वन डढेलो नियन्त्रण गर्ने, पानीको अभावमा हुने मानव र वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्ने । त्यसैगरी भू–संरक्षण मार्फत उत्पादन वृद्धि गर्ने, नेपाली समाजलाई जलवायु अनुकूलित बनाउनका लागि गण्डकी प्रदेशमा ‘एक सामुदायिक वन एक पोखरी तथा एक वडा एक वन वाटिका’ निर्माण गर्ने । त्यसैगरी ‘एक स्थानीय तह एक हरित उद्यान’ निर्माण गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने गरी पदभार ग्रहणको पहिलो निर्णयका रुपमा मन्त्री लम्सालले फाइल सदर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप