आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गाजामा एक–दुई दिनमै युद्धविराम हुन्छ – हमासका नेता

बिहीबार, ०६ जेठ २०७८, १३ : ३५
बिहीबार, ०६ जेठ २०७८

हमासका एक वरिष्ठ अधिकारीले एक दुई दिनभित्रै  गाजामा युद्धविराम हुने दाबी गरेका छन् । अहिले इजरायल र हमास दुबैले आक्रमण जारी राखेका छन् ।

यद्यपी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने युद्धविरामको कुनै संकेत गरेका छैनन् । उनले यसअघि निरन्तर गाजामा आक्रमण हुने घोषणा गरेका थिए । त्यस्तै, इजरायली नागरिकका लागि शान्ति र सुरक्षा बहाल राख्न आफु दृढ रहेको बुधबार बताएका छन् । बिहीबार बिहान गाजामा हमासलाई लक्षित गरेर इजरायलले १ सय पटकभन्दा धेरै हवाइ हमला गरेको छ । त्यस्तै, हमासले पनि रकेटमार्फत जवाफ फर्काइरहेको छ ।

विगत ९ दिनदेखि इजरायल र हमासबीच निरन्तर संघर्ष जारी छ । गाजाको स्वास्थ मन्त्रालयका अनुसार हिंसामा परेर गाजामा एक सय महिला र बालबालिकासहित कम्तिमा २ सय २७ जनाले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप