शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार, ०६ जेठ २०७८, ११ : ०८
बिहीबार, ०६ जेठ २०७८

बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । एमाले स्थायी समिति बैठक सकिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ । 
बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए । प्रधानमन्त्री केपी ओलीले बजेट अघि नै विश्वासको मत लिने तयारी गरेको बालुवाटार स्रोतको भनाइ छ । 
प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी स्थायी समिति बैठक २ बजेका लागि बोलाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप