आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्टसलाई पहिलो उपाधि
![आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्टसलाई पहिलो उपाधि](https://rpcdn.ratopati.com/media/albums/_118579542_gettyimages-1318925940_8UBp6ufHQm.jpg)
युभेन्टसले एटलान्टालाई हराउँदै कोपा इटालियाको उपाधि हात पार्न सफल भएको छ । आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्टसको यो पहिलो उपाधि हो ।
डेजान क्लुभेस्कीले खेलको ३१ औँ मिनेटमा युभेलाई अग्रता दिलाए पनि १० मिनेट पछि नै रुस्लान मिलानोभस्कीले खेल बराबरी गरेका थिए । दोस्रो हाफको ७३ औँ मिनेटमा फेडेरिको किएसाले गोल गर्दै युभेको उपाधि सुनिश्चित गरे । खेलको अन्त्यतिर एटलान्टा १० खेलाडीमा समिति बनेको थियो ।
बुधबारको खेलमा ४३ सय दर्शकलाई सासुलोको मापेइ स्टेडियममा प्रवेशको अनुमति दिइएको थियो । कोरोनामहामारी सुरु भएपछि इटालीको हाइप्रोफाइल खेलमा दर्शकहरुलाई उपस्थित हुने अनुमति दिइएको यो पहिलो अवसर हो ।
लगातार ९ लिग उपाधि जितेको युभे एक खेल बाँकी छँदा लिगको पाँचौ स्थानमा रहेको छ । पिर्लोको नेतृत्वमा युभे उपाधि विहीन बन्ने खतार बनेको थियो । तर, एटलान्टाले सन् १६३ पछि पहिलो पटक कप उपाधि उचाल्ने मौका गुमायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने