मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

के गायक हेमन्त रानाले विवाह गरेका हुन् ?

बिहीबार, ०६ जेठ २०७८, १० : ०७
बिहीबार, ०६ जेठ २०७८

गायक हेमन्त रानाले विवाह गरेका छन् । रानाले मंगलबार प्रेमिका माया अधिकारीसँग विवाह गरेका हुन् । 

पछिल्लो समय अमेरिका बस्दै आएका रानाले अमेरिकाको पेन्सिलभेनिया रहदै आएकी प्रेमिका अधिकारीसँग विवाह गरेको बताइएको छ ।

राना र अधिकारीको विवाहको तस्बिर शशी रावलले सामाजिक संजालबाट सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिरमा धेरैले दाम्पत्य जीवनको शुभकामना दिएका छन् । जसबाट पनि उनीहरुले विवाह गरेको अनुमान लगाउन सकिन्छ ।

नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका रानाले पछिल्लो समय ‘साइँली’ फिल्म निर्माण पनि गरेका थिए । ‘सुन साइँली परदेशबाट म आउला ४० कटेसी रमाउला’ रानाको पछिल्लो हिट गीत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?