आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु (फोटोफिचर)

बिहीबार, ०६ जेठ २०७८, ०९ : २३
बिहीबार, ०६ जेठ २०७८

हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।

राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका हुन् ।

प्रदेशसभा सदस्य, स्थानीय तहका प्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ ।

 

 

हेटौँडाको भुटनदेवी माविमा रहेको मतदानस्थलमा गृहमन्त्री तथा राष्ट्रियसभा उम्मेदवार बादल पुगिसकेका छन् ।

 

दिउँसो ३ बजेसम्म मतदानको समय छुट्याइएको छ । मतगणना आजै साँझ हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप