आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमालेका नेता योगनारायण यादव कोरोना संक्रमणबाट निधन

बिहीबार, ०६ जेठ २०७८, ०८ : ४९
बिहीबार, ०६ जेठ २०७८

जनकपुर । नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ ।

एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित थिए । धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो । 

मृगौला प्रत्यारोपणका लागि उपचाररत रहेका नेता यादवलाई कोरोना संक्रमणका कारण मृगौला प्रत्यारोपण हुन नसकेको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए ।

 ५७ वर्षीय नेता यादव विगत ४ दिनदेखि उपचार हुँदै आएको थियो । तर आज विहान उनको हस्पिटलमै उपचारको क्रममा कोरोना संक्रमणबाट निधन भएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताए ।

उनको शवलाई नेपाली सेनाले हस्पिटलबाट लगेर दाहसंस्कार गर्नेबारे छलफल भइरहेको अध्यक्ष यादवले बताए । नेता योगनारायण यादवका दुई श्रीमती र दुई छोरा छन् ।

उनी राजनीतिमा सक्रिय हुनुपूर्व जिल्ला कृषि कार्यालयमा जेटिए पदमा कार्यरत्त थिए । सरकारी जागिर छाडेर उनी २०५० अघि नै नेकपा एमालेमा सक्रिय थिए । नेता यादव नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप