सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य श्रेष्ठको मृत्यु

बुधबार, ०५ जेठ २०७८, २२ : ३७
बुधबार, ०५ जेठ २०७८

कोरोना सङ्क्रमणका कारण नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठको निधन भएको छ । कोरोना सङ्क्रमणबाट स्वास्थ्यमा गम्भीर समस्य आएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको थियो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का श्रेष्ठको कोरोनाका कारण मङ्गलबार राति अस्पतालमा मृत्यु भएको उनका दाजु संविधानसभा सदस्य जीवन श्रेष्ठले जानकारी दिए । श्वासप्रश्वासमा समस्या देखिएपछि भरतपुरको चितवन मेडिकल कलेजमा भेन्टिलेटरको सहायतामा उपचारकै क्रममा उनको मृत्यु भएको दाजु श्रेष्ठले बताए ।  श्रेष्ठ ब्याडमिन्टन संघ नवलपरासीका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायीसमेत रहेका थिए ।

कोरोना सङ्क्रमणका कारण हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ५८ जनाको मृत्यु भइसकेको छ । हाल जिल्लामा एक हजार ९७ जना सक्रिय कोरोना सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिए । चापागाईकाअनुसार पछिल्लो २४ घण्टामा १०७ जना कोरोना सङ्क्रमित थपिँदा ९७ जना निको भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप