आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नमोबुद्ध नगर क्षेत्र एक हप्ताका लागि बन्द

बुधबार, ०५ जेठ २०७८, २२ : २६
बुधबार, ०५ जेठ २०७८

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रभित्र आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । नगरभित्र कोरोना भाइरस सङ्क्रमण रोकथाम एवं नियन्त्रणका लागि आज राति १२ बजेदेखि आगामी जेठ १२ गते राति १२ बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले मङ्गलबार सूचना जारी गर्दै हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमण समुदायस्तरमा नै फैलिएको र सङ्क्रमितको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेकाले नगर क्षेत्रहरु सङ्क्रमणको अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको हुँदा बन्द गर्नु परेको नगर प्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले बताए । 

आपत्कालीन राहत कोष’मा रु चार लाख 

नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकले स्थापना गरेको ‘आपत्कालीन राहत कोष’ मा नमोबुद्ध नगरपालिकाले रु २५ हजार ५५५ प्रदान गरेको छ । कोरोना कहरकै बीचमा पनि अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारहरुको सहयोगको लागि स्थापना गरेको कोषमा रोशी गाउँपालिकाले पनि रु २५ हजार प्रदान गरेको छ । सो कोषमा बुधबारसम्ममा रु चार लाख ३४ हजार ७७६ जम्मा भएको महासङ्घले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप