पर्सामा जेठ १३ सम्म निषेधाज्ञा लम्ब्याइने
बुधबार, ०५ जेठ २०७८, २२ : २४
पर्सामा जारी निषेधाज्ञाको अवधि एक सातासम्मका लागि लम्ब्याइने भएको छ । बुधवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई चौथो पटक थप गर्दै जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दोश्रो लहरसँगै पर्सामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा निषेधाज्ञाले सकारात्मक प्रभाव परेको ठहर गर्दै जेठ १३ राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे जानकारी दिए ।
त्यस्तै निजी अस्पतालले कोरोना संक्रमितहरुलाई प्रवाह गर्ने सेवा र बिरामीबाट लिने शुल्कका बारेमा समेत अनुगमन टोलीमार्फत अनुगमन गरिने निर्णय बैठकबाट भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे