बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाका कारण मकवानपुरमा सुत्केरी महिलाको मृत्यु

बुधबार, ०५ जेठ २०७८, २२ : ०८
बुधबार, ०५ जेठ २०७८

कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत सुत्केरी महिलाको बुधबार साँझ मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

डा. काफ्लेका अनुसार मृत्यु हुनेमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–३ निबुवाटारकी ३० वर्षीया महिला रहेकी छिन् । मृतक महिलामा जेठ ४ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि स्वास्थ्यमा श्वासप्रश्वासमा सम्बन्धि समस्या देखिएको र उपचारका लागि तत्काल हेटौँडा अस्पतालको कोभिड उपचार कक्षको आईसीयूमा भर्ना भएकी थिइन् । 
त्यसैगरी कोरोना संक्रमणका कारण बुधबार बिहान पनि एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का ६२ वर्षीय पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ जना पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप