बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुङ्मती पुर्‍याइयो रातो मच्छिन्द्रनाथ (फोटोफिचर)

बुधबार, ०५ जेठ २०७८, २० : ०७
बुधबार, ०५ जेठ २०७८

रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्‍याइएको छ ।  करुणामयलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणालय लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलन भए पनि मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टलाई ध्यानमा राखी छिट्टै अर्थात बुधबार बुङ्मती लागिएको हो । 

अपराह्न ३ बजे खटमा हालेर ५ बजे  रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्‍याइएको थियो । 
 पुजारीले अब दुईदुई हप्ताका पालोमा आजदेखि लोकेश्वरको दैनिक पूजा आदि कर्म गर्ने छन् ।

हालको कोरोना कहरबीच पनि संस्कार र संस्कृति मास्नुहुन्न भन्ने सोचअनुरुप केही विधि पु¥याएर मच्छिन्द्रनाथलाई बुङ्मती पठाउन सफल भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले खुशी व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप