मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

बुधबार, ०५ जेठ २०७८, १९ : ४५
बुधबार, ०५ जेठ २०७८

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ६, कैलाली ७, बाजुरा १ दार्चुला १ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार २ सय ७९ मा एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको छ । त्यस्तै १ हजार ९ सय २६ नमुनाको  पिसिआर परीक्षण गर्दा ८ सय ८१ जनामा कोरोना पोजेटिभ पुष्टी भएको निर्देशनालयले जनाएको छ । त्यसमध्ये ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । 

त्यस्तै , प्रदेशमा हालसम्म ३६ हजार १ सय ७८ मा एन्टिजेन परीक्षण भएको छ । त्यसमध्ये  ५ हजार २ सय ६४ जनामा पोजेटिभ पुष्टि भएको छ । एन्टिजेन परीक्षण पश्चात पोजेटिभ रिपोर्ट आएका  १ सय ८५ जनाको मृत्यु भएको छ भने ३० हजार ९ सय ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै अहिलेसम्म १ लाख ६६ हजार ७ सय २५ नमुनाको  पिसिआर परीक्षण भएको छ । पीसीआर परीक्षण गरेकामध्ये २७ हजार ४ सय ५ जनाको रिपोर्ट  पोजेटिभ आएको छ ।  त्यसमध्ये २ सय १२ जना संक्रमितको मृत्यु भएको कार्कीले जानकारी दिए । पीसीआर परीक्षणमा १ लाख ३९ हजार ३ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।  सुदूरपश्चिममा हालसम्म ३ सय ९७ जनाको संक्रमणबाट मुत्यु भइसकेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप