शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा शाओमीको ‘मी पोर्टेबल ब्लुटुथ स्पिकर १६ डब्लु’ र ‘मीस्मार्ट ब्यान्ड’ लन्च

बुधबार, ०५ जेठ २०७८, १९ : ०५
बुधबार, ०५ जेठ २०७८

काठमाडौं । शाओमीले आज मी पोर्टेबल ब्लुटुथ स्पिकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ । अडियो लाइन अपको लागि मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट)नेपाली श्रोताहरूलाई विशिष्ट र शक्तिशाली साउन्डका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा थप गरिएको हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ । यसमा एड्भान्स हेल्थ ट्रयाकिङ फिचर्स पनि छन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मी  पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) को लन्चले शाओमीका प्रशंसक र उपभोक्ताहरूलाई गुणस्तरीय सामान उपलब्ध गराएको बताए । उनले स्पिकरमा डुअल इक्यु मोडहरु जस्ता सुविधाहरुले यो प्रडक्टलाई उत्कृष्ठ बनाएको बताए । उनले अगाडि भने, ‘विश्वको नम्बर एक वेरेबल ब्यान्ड ब्रान्डको रुपमा शाओमीले अमेजिङ्ग प्रोडक्टहरुको उत्पादन गर्ने निरन्तर सेवालाई जारी राख्नेछ जुन द्रुत रुपमा परिवर्तन हुने उद्योगको लागि फ्रन्टलाइनमा रहन्छन् । 

मी पोर्टेबल ब्लुटुथ स्पिकर(१६ वाट)
पूर्ण फुल साउन्ड एक्पेरियन्सका लागि मी पोर्टेबल ब्लुटुथ स्पिकर(१६ वाट) उत्कृष्ट र शक्तिशाली सराउन्ड साउन्ड प्रस्ताव गर्नको लागि डिजाइन गरिएको छ । एक कम्प्याक्ट डिजाइन र बेस्ट–इन–क्लास फिचरहरु प्रस्तुत गर्दै यो उपकरणले कम्प्लिट साउन्ड एक्सपेरियन्सका लागि हाई क्वालिटी साउन्ड, डिपर बास, क्लियर र रिच भोकलको प्रदान गर्दछ ।

मी स्मार्ट ब्यान्ड 
१.५६ इन्च स्टनिङ्ग पूर्ण स्क्रिन डिस्प्ले फङसनल शैलीमा निर्मित अल न्यू मी स्मार्ट ब्यान्ड ६ एक स्टनिङ्ग १.५६ इन्चको ठूलो पूर्ण स्क्रिन एमोलेड टच डिस्प्लेको साथ अपग्रेड गरिएको छ । यूनिक रनिङ्ग ट्रयाक आकारको  स्क्रिनले ३२६ पीपीआई क्लियर रेजोलुसन र यसको प्रिडिसेसर भन्दा ५० प्रतिशत बढी स्क्रिन प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई कुञ्जी तथ्याङ्कहरूको द्रुत अवलोकनको लागि अभूतपूर्व दृश्यका प्रदान गर्दछ र इन्टेन्स वर्क आउटको बखतमा डेली नोटिफिकेसन्सहरु पनि प्रदान गर्दछ ।  

मूल्य 
मी पोर्टेबल ब्लुटुथ स्पिकर(१६ वाट)कालो र नीलो रङ्गको भेरियन्टमा नेपाली ५ हजार ४९९मा उपलब्ध छ । यो अथोराइज्ड एमाआई स्टोर, अनलायन र रिटेल पार्टनरहरु मार्फत उपलब्ध छ । मी स्मार्ट ब्यान्ड ६ कालो रंग नेपाली ५ हजार ९९९मा उपलब्ध छ । यो अथोराइज्ड एमआई स्टोर, अनलाइन र रिटेल पार्टनरहरु मार्फत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप