शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा पेस्तोल बरामद

बुधबार, ०५ जेठ २०७८, १८ : ५५
बुधबार, ०५ जेठ २०७८

जिल्ला प्रहरी कार्यालय सिरहाले एक थान नलकटुवा पेस्तोल बरामद गरेको छ । सिरहा नपा १७ पटहेर्बाबाट प्रहरीले पेस्तोल बरामद गरेको हो । स्थानीय २७ वर्षीय धिरु यादवबाट पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । गाउँमा मादक पदार्थ सेवन गरी हल्ला गरिरहेको अवस्थामा पुगेको प्रहरीले यादबाट पेस्तोल बरामद गरेको हो ।

प्रहरी पुगेलगत्तै  यादव आफ्नो साथमा रहेको पेस्तोल फालेर भागेका छन् । फरार यादवको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप