शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

​जनस्तरमा सहयोग पुर्याउँदै रोडेक, नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण

बुधबार, ०५ जेठ २०७८, १८ : २०
बुधबार, ०५ जेठ २०७८

काठमाडौं । कोरोना भाइरसले सिर्जना गरेको यस विषम परिस्थितिमा ग्रामीण विकास तथा सशक्तीकरण केन्द्र (रुडेक) नेपालले नुवाकोट जिल्लाका विभिन्न स्थानहरुमा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि कार्यक्रमहरु संचालन गरेको छ ।

रुडेक नेपालको अगुवाइमा जोर्डन स्थित यू.एन. तथा बिभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा कार्यरत नेपालीहरुको सहयोगमा पञ्चकन्या गाउँपालिकाद्वारा संचालित आइसोलेशन सेन्टरको क्षमता अभिबृद्धि र सुधारको लागि ५ बेड र ५ वटा निबुलाइजर प्रदान गरेको छ ।

यसैगरी रुडेकले तादि गाउँपालिकाद्वारा संचालित आइसोलेसन सेन्टरको क्षमता अभिबृद्धि र सुधारको लागि ६ बेड र ५ वटा अक्सिमिटर हस्तान्तरण गरेको छ ।  रुडेकले सबै वडाहरुमा एक÷एक हजार मास्क पनि वितरण गरहेको छ ।

रुडेक नेपालले यस भन्दा पहिले पनि कोरोनाको पहिलो लहरमा एस.सी.ए.आई अस्ट्रेलियाको सहयोगमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँ पालिकामा अक्सिजन सहितको ८ वटा बेड क्षमता भएको आइसोलेशन केन्द्रको स्थापना गरेको थियो । 

यसरी जनस्तरमा गरिएका कामहरुले पक्कै पनि कोरोना रोकथामको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विश्वस्त रहेको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताए ।

रुडेक नेपालले २०५४ साल देखि समुदाय विकासको लागि भूमिका निर्वाह गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप