एकैदिन तेह्र अन्तरराष्ट्रिय उडान

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज नेपाल वायु सेवा निगम (एयरलाइन्स) को सबैभन्दा बढी सात र हिमालय एयरलाइन्सको चार उडान उडान तालिका रहेको छ । नेपाल एयरलाइन्सले चीनको बेइजिङ, सेनजेनमा समान एक तथा साउदी अरेबियामा दमाममा दुई उडान र रियादमा एक उडान भर्ने कार्यतालिका छ । भारतको नयाँ दिल्लीमा नियमित एक उडान हुनेछ ।
यस्तै हिमालय एयरलाइन्सले चीनको कुनमिङमा तीन र दमाममा एक उडान गर्नेछ । सिचुवान एयरले छेन्दुबाट कार्गो काठमाडौँ ल्याउँदैछ भने एयर चार्टर्ड सर्भिसको काठमाडौँ–दिल्ली उडान भएको छ । मङ्गलबार ११ उडान निर्धारण गरिएको थियो । आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी १० उडान सञ्चालन हुनेछन् । निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तरराष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेका हुन् ।
अन्तरराष्ट्रिय उडान माथिको प्रतिबन्ध जेठ १७ सम्म लम्बिएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि नेपालमा अन्तरराष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगायतको थियो । आन्तरिक उडान पनि वैशाख १६ देखि स्थगित छ । यो बीचमा नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन भइरहेको छ ।
राजधानी काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याउने निर्णय भएको छ । गत वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्‍ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग