शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्टार्टअप वर्ल्ड कप’ नेपाल एडिसनको फाइनल आज, विजेतालाई सान–फ्रान्सिस्कोमा विश्वब्यापी प्रतिस्पर्धामा सहभागी हुने अवसर

बुधबार, ०५ जेठ २०७८, १२ : ५५
बुधबार, ०५ जेठ २०७८

काठमाडौं । स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुने भएको छ । विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्ट अप हब नेपालले आयोजना गरेको हो ।

अमेरिकी स्याटेलाइट कम्पनी स्पेस एक्सको फन्ड रेजिङ कम्पनी पिगासस टेक भेञ्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैमा स्टार्टअप वर्ल्ड​ कपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड​ ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत वर्ल्ड कप नेपाल भित्र्याएको हो ।

स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा उत्कृष्ट १० स्टार्टअपहरु छनौट भइसकेका स्टार्ट हब नेपालले जनाएको छ । १० जना मध्ये उत्कृष्ट एकजनालाई आयोजककै खर्चमा अमेरिकाको सान–फ्रान्सिस्कोमा विश्वब्यापी प्रतिस्पर्धामा सहभागी हुने अवसर मिल्नेछ । 

स्टार्टअप वर्ल्ड कपको कोअर्डिनेटिङ पार्टनरको रुपमा राष्ट्रिय युवा परिषद् रहेको छ । अन्य सह–आयोजकहरुमा क्यान फेडेरेसन नेपाल, आइसीटी एसोसिएशन नेपाल, सीएसआईटी एसोसिएशन नेपाल र रोबोटिक्स एसोसिएशन नेपाल रहेका छन् ।

नेपालका उत्कृष्ट १० स्टार्टअपहरुमा कुल थर्मल इनर्जी, स्याटेलाइट स्टार्टअप, इन्नोभेटिभ अटोमोबाइल लगायत रहेका छन् । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१२ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप