सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोभिड–१९ अनुगमन समितिका दुई समूहले अस्पतालहरूको अनुगमन गर्ने

बुधबार, ०५ जेठ २०७८, ११ : ४६
बुधबार, ०५ जेठ २०७८

कोभिड–१९ अनुगमन समितिले दुई वटा केस अनुगमन समिति गठन गरेको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वमा केस अनुगमन समिति बनाइएको हो । अनुगमन समितिले गठन गरेको (क) समूहमा प्रा.डा. नारायण विक्रम थापा, डा. सुभीत मास्के, कुमार थापा, विन्दा घिमिरे र आषिश चौहान रहेका छन । यस्तै समूह (ख) मा डा. मोहन श्रेष्ठ, डा. लोचन कार्की, प्रज्वलजङ्ग पाण्डे, हेमराज दाहाल र सुरेश श्रेष्ठ रहेका छन । 

दुई वटा समूहले संक्रमितको बेड, प्रेस्क्रिप्सन, अक्सिजनसँगै स्थलगत अनुगमन गरी समितिमा प्रतिवेदन बुझाउने पर्ने हुन्छ । समितिको सदस्यसचिव मन्त्रालयका एचइओसी इकाई प्रमुख डा.समीरकुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ । यस समितिले अस्पतालहरुमा भइरहेको व्यवस्थापन, उपचारका बारेमा अध्ययन गर्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप